arjunchoupari

Monday, October 27, 2014

किन धरधरी रोए आमिर खान ....

आमिर खान बलिउडका चर्चित अभिनेता मात्र होइनन् सामाजिक अभियान्ता समेत हुन् । सामाजिक मुद्धा उठानमा उनी बलिउडमै सबैभन्दा अब्बल मानिन्छन् । टेलिभिजन शो 'सत्यमेव जयते' को माध्यमबाट उनले कैयौं सामाजिक समस्या उजागर गरेका मात्र छैनन् उनले आफू रुँदै हजारौं मानिसको आँखामा आँशु छछल्किने अवस्था समेत सृजना गरेका छन् ।

 आमिर खान सहजै रुने ब्यक्ति हुन् । यस्तै भयो उनको टिभी च्यानलको अन्तरवार्तामा । 'सत्यमेव जयते' को विषयमा एबीपी न्यूजसँग कुरा गरिरहेका आमिर लाइभ अन्तरवार्ताका क्रममा भावुक बनेर रोए पनि । 
आमिर खानले आफूले यो टेलिभिजन शो बनाउँदा आफू विक्षिप्त भैसकेको बताउँदै आँखाबाट आँशु खसाले । आफूलाई धेरै 'सत्यमेव जयते' कहिल्यै पनि बन्द नगर्न आग्रह गरेको बताउँदै उनी भक्कानिए ।

 शो निर्माणका क्रममा अनुसन्धान गर्दा आफूले भेटेका मानिस सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुने आमिरले बताए । आमिर खान रोएकै कारण 'सत्यमेव जयते' का कतिवटा एपिसोड रोक्नु परेको थियो ।

No comments:

Post a Comment